शब्दकोश कसरी प्रयोग गर्ने?

अन्तत: मध्य-पूर्वीय थारू भाषाको शब्दकोश निर्माण कार्य सम्पन्‍न भएको छ। यस भाषामा गरिएको यो प्रारम्भिक प्रयास कोशविज्ञानमा आधारित छ। यसभित्र जे जति शब्दहरू प्रविष्‍टि गरिएका छन्, ती आफैमा पूर्ण नभएर सङ्कलन कार्यको थालनी मात्र हो। भाषिक प्रयोजनको दृष्टिले द्विभाषी (मध्य-पूर्वीय थारू – नेपाली) यस शब्दकोशमा मध्य-पूर्वीय थारू भाषालाई स्रोत भाषाको रूपमा लिइएको छ भने नेपाली भाषालाई लक्षित भाषा। त्यसैले शब्दकोशको मूल प्रविष्‍टिमा पनि मध्य-पूर्वीय थारू शब्दलाई नै राखिएको छ। त्यसैगरी गैर-मातृभाषी (Non-MP Tharu) पाठक तथा अनुसन्धाताहरूको सहजतालाई ध्यानमा राखी शब्दकोशको पछिल्‍लो खण्डमा नेपाली – मध्य-पूर्वीय थारू गरी हरेक नेपाली भाषाको शब्दलाई स्रोत भाषामा अर्थ्याइएको छ। जसले गर्दा नेपाली भाषा मात्र बुझ्‍ने पाठकहरूका लागि स्रोत भाषाको शब्द ’boutमा जानकारी प्राप्‍त गर्न सजिलो हुनेछ। शब्दकोशको सरल उपयोगितालाई ध्यानमा राखी यसको प्रयोग ’bout निम्‍न शीर्षकहरूमा खुलस्त रूपमा दर्शाइएको छ।

 

१.     मूल प्रविष्टि (Head Entry)

(क)   यस शब्दकोशमा मध्य-पूर्वीय थारू भाषाका सकेसम्म धेरै शब्दहरू प्रविष्टि गर्ने प्रयास भएको छ। मूल प्रविष्टिमा स्रोत भाषाका सकेसम्म सबै क्षेत्रका ठेट शब्दहरूलाई समावेश गरिएको छ।

(ख)   प्रस्तुत शब्दकोशमा मध्य-पूर्वीय थारू भाषाका जम्मा १२ हजार ९ सय ४१ वटा मूल प्रविष्टि र अन्य सबै गरी जम्माजम्मी २० हजार ५ सय भन्दा बढी प्रविष्टिहरू रहेका छन्।

(ग)    शब्दकोशको मुख्य खण्डमा मूल प्रविष्‍टिलाई देवनागरी लिपिमा लिपिवद्ध गरिएको छ। यसका साथै स्रोत भाषाका शब्दहरू पत्ता लगाउन सजिलोको लागि मूल प्रविष्टिलाई गाढा अक्षरमा दिइएको छ। जस्तै: असत (१ २ ३ ४) ना. असत्य (. झुठ)।

(घ)    शब्दकोश निर्माणमा प्रचलित मान्यता अनुसार नै यस शब्दकोशमा पनि मातृभाषाका शब्दहरूलाई वर्णमालाको क्रममा प्रविष्टि गरिएका छन्। मध्य-पूर्वीय थारू भाषाको वर्णमालाको वर्णानुक्रम अनुसार नै स्वर वर्ण र व्यञ्जन वर्णहरूलाई क्रमबद्ध गरिएका छन्।

 

. मध्य-पूर्वीय थारू भाषामा वर्णानुक्रम (Alphabetical order in MP Tharu)

अन्य भाषाहरूमा जस्तै मध्य-पूर्वीय थारू भाषामा पनि स्वर वर्ण र व्यञ्जन वर्णहरू पाइन्छन्। ती वर्णहरूका ’boutमा तल दिइएका छन्।

 

. स्वर ध्वनिहरू (Vowel Phonemes)

मध्य-पूर्वीय थारू भाषाको उच्‍चारण अनुसार जम्मा आठ वटा स्वर ध्वनिहरू पाइन्छन्। ती स्वर ध्वनिहरूलाई निम्‍न अनुसार देवनागरी वर्णहरूद्वारा जनाइएका छन् :

अ, आ, इ, उ, ए, ऐ, ओ, औ।

उपर्युक्‍त कुनै पनि स्वर ध्वनिहरूको दीर्घ रूप भने नरहेको बुझिन्छ।

 

. व्यञ्‍जन ध्वनिहरू (Consonant Phonemes)

मध्य-पूर्वीय थारू भाषाको उच्‍चारणको विशेषता अनुसार जम्मा ३० वटा व्यञ्‍जन ध्वनिहरू पाइन्छन्। ती व्यञ्‍जन ध्वनिहरूलाई निम्‍न अनुसार देवनागरी वर्णहरूद्वारा जनाइएका छन् :

क         ख          ग        घ        ङ

च          छ          ज       झ

ट          ठ          ड       ड़       ढ

त          थ          द        ध       न

प          फ          ब        भ        म

य          र           ल       व

स          ह

(क)  मध्य-पूर्वीय थारू भाषामा स्वर (ध्वनि)हरू प्राय: एक्‍लै र कहिलेकहीँ दुई ओटा स्वरहरू सँगसँगै आएर (द्विस्वर: ए+इ=ऐ, ओ+उ=औ) पनि शब्द निर्माण भएको पाइन्छ। जस्तै: ऐलफैल (१ २ ३ ४) वि. फराकिलो; औरह (२) / पिड़ (३) / चोट (४) ना. चोट-पटक।

(ख) मध्य-पूर्वीय थारू भाषाका वर्णहरूमा विभिन्‍न प्रकारका मात्राहरू लागेर पनि शब्द निर्माण भएका हुन्छन्। शब्दहरू खोज्ने क्रममा वर्णहरूका साथसाथै मात्राहरूको क्रम पनि थाहा पाउनु आवश्यक हुन्छ।

मध्य-पूर्वीय थारू भाषामा बारम्बार प्रयोगमा आउने मात्राहरू यस प्रकार छन्:

मात्रा- ि
उदाहरण- (क) (का) (कि) (की) (कु) (के) (कै) (को) (कौ)

(ग)   मध्य-पूर्वीय थारू भाषाका आठ वटै स्वरहरूमा ह्रस्व र दीर्घको भेद पाइँदैन। त्यसैले यस भाषा लेखनको सिलसिलामा शब्दको अन्त्य बाहेक अन्य सबै ठाउँमा नेपाली भाषाको ह्रस्व इ-कार ‘ि’ को प्रयोग हुन्छ। यसरी नै शब्दको अन्त्यमा दीर्घ ई-कार ‘’ को प्रयोग हुन्छ।

जस्तै: िसना (१ ३ २) / ओरी (४) क्रि. ि. पट्टि; आदमी (१ २) / अदमी (३ ४) ना. मानिस; व्यक्ति; मान्छे; पुरुष मानिस; (. बेक्ती; मनुस; लोक; मानब; लोग)।

(घ)  मध्य-पूर्वीय थारू भाषामा वर्ण विन्यासको प्रचलन अनुसार ( ि, ी, े, ै, ो, ौ ) मात्रा लागेका वर्णहरूमा सीर विन्दु (ं) र अन्य अवस्थामा चन्द्र विन्दु () को प्रयोग हुन्छ।

जस्तै:- आँम (१ ३ २ ४) ना. आँप; नोंच– (१ ३ २ ४) क्रि. रौं उखेल्नु, गैंजिबाँन (१ २ ३) / बाध(४) . गोजीबाँध; बुट्टेदार बाँध, आदि।

(ङ)   मध्य-पूर्वीय थारू भाषा बोलिने मुख्य चार क्षेत्रका शब्दहरूलाई उतिकै प्राथमिकतामा राखी मूल प्रविष्‍टिमा समावेश गरिएका छन्। ती क्षेत्रहरूमा भिन्‍न रूपले बोलिने शब्दहरूलाई क्रमश: सङ्‍केतिक अङ्कहरूले जनाइएको छ।

(च)  यस भाषाका शाब्दिक वर्ग: नाम, सर्वनाम, क्रिया, विशेषण, क्रिया-विशेषण तथा व्याकरणीक वर्ग: कारक, नामयोगी, संयोजक, आदिलाई मूल प्रविष्‍टिमा समावेश गरिएको छ।

(छ)  यस शब्दकोशमा सामान्यत: ऐतिहासिक र धार्मिक रूपले महत्त्वपूर्ण मानिएका व्यक्तिवाचक नामहरूलाई पनि मूल प्रविष्‍टिमा समेटिएका छन्। त्यसैगरी मध्य-पूर्वीय थारू भाषाका मौलिक शब्दको नै प्रयोग हुने कतिपय व्यक्तिवाचक एवं स्थानवाचक प्रचलित नामहरूलाई पनि मूल प्रविष्‍टिमा नै समावेश गरिएका छन्।

(ज)  क्रियामुलमा कुनै क्षेत्रमा ‘-नाइ’ तथा अन्य क्षेत्रहरूमा फरक किसिमले परसर्गहरू प्रयोग हुने भएकाले क्रियामुल शब्दमा परसर्गको सट्टामा ‘–’ चिन्ह राखी प्रविष्टिलाई साझा र सरल पारिएको छ। जस्तै:- घस(३ ४) / घोस— (१ २) क्रि. रगड्नु; घोट्नु; दल्नु।

(झ) आगन्तुक शब्दहरूलाई मध्य-पूर्वीय थारू भाषाको उच्‍चारण, वर्णमाला र लैखनशैली अनुसार नै प्रविष्‍टि गरिएको छ। जस्तै:- अन्चल (अञ्चल), परिक्छा (परीक्षा), बान (वाण) आदि।

(ञ)  द्वित्त्व जनाउने र अनुकरणात्मक शब्दहरूलाई पनि मूल प्रविष्‍टिमा समावेश गरिएका छन्। जस्तै:- धाइधाइ (२ ३) / सफासफा (१) / हालहाल (४) क्रि.वि. छिटोछिटो; िङताङिङताङ (१ २ ३ ४) अनु. मादलको ताल।

 

३.      च्‍चारण (Pronunciation)

मध्य-पूर्वीय थारू भाषा भारोपेली परिवार अन्तर्गत पर्दछ। यस भाषाको विशेषता नेपाली भाषासँग धेरैहद मिल्छ। यसर्थ पनि यस शब्दकोशमा प्रस्तुत गरिएका सम्पूर्ण प्रविष्‍टिहरूलाई नेपाली भाषामा जस्तैगरी देवनागरीमा लिपिवद्ध गरिएको छ।

जस्तै:- िदार (१ २ ३) / िजवान (१ ४) वि. धैर्यवान।

 

४.     भाषिक भेद (Linguistic Variation)

(अ)  क्षेत्रगत भेद (Regional Variation)

मध्य-पूर्वीय थारूभाषी स्रोत व्यक्तिहरूबाट प्राप्‍त ताजा जानकारी अनुसार मध्य-पूर्वीय थारू भाषा बोलिने मुख्य क्षेत्रहरू (पूर्वी नेपालका १२ वटा जिल्‍लाहरू) मा मुलत: चार वटा अलग भेदहरू पाइएका छन्। ती यस प्रकार छन्: (१) झापा, मोरङ, सुनसरी; (२) उदयपुर, सिराहा, सप्‍तरी; (३) धनुषा, महोत्तरी, सर्लाही; र (४) बारा, रौतहट, पर्सा; आदि।

यी चार वटा अलग क्षेत्रहरूमा बोलिने मध्य-पूर्वीय थारू शब्दहरूमा केही भिन्‍नता पाइने अवस्थामा तिनलाई कोष्ठभित्र साङ्‌केतिक अङ्‍क (१, २, ३, ४) को प्रयोग गरिएको छ। क्षेत्रगत यस भेदहरूलाई उच्‍चारण भन्दा पछाडि र व्याकरणिक वर्ग भन्दा ठीक अगिल्तिर राखिएको छ। जस्तै:- िपल (१ २ ३ ४) वि. तातो; मनतातो (. तबल; गरम; आबताब)।

(आ)   अन्य भेद (Other Variations)

प्रविष्‍टिमा देखिएका अन्य किसिमका कथ्य (उच्‍चारण) तथा लेख्य भेदहरूलाई छड्के धर्सो ‘/’ को प्रयोग गरी मूल प्रविष्टिभन्दा पछाडि र शब्दवर्गभन्दा अघि अन्य वैकल्पिक उच्‍चारणहरू राखिएका छन्। मध्य-पूर्वीय थारू भाषामा पनि अन्य भाषाहरूमा झै लेख्य र कथ्यमा अलग किसिमका भेदहरू पाइन्छन्। जस्तै:- धवसराहा (१ २) / धवसरा (१) / भवसराहा (२) / मैलझोलहा (३ ४) वि. मैला भएको।

 

५.      ब्द र्ग (Parts of speech)

(क) यो शब्दकोश आफैमा द्विभाषी (मध्य-पूर्वीय थारू-नेपाली) भएकाले यसमा प्रयोग भएका शब्दहरूमा शब्दवर्गको जानकारी नेपाली भाषामा मात्र राखिएको छ। भाषिक भेदको जानकारी दिएपछि नेपाली शब्दवर्गको जानकारी राखिएको छ। जस्तै:- धोकड़ा (१ २ ३) . झाल; बोरा; झल्‍ला।

मुलत: भाषिक विशेषताका हिसावले पाँचवटा शब्द वर्गहरू: नाम, सर्वनाम, क्रिया, विशेषण र क्रिया-विशेषण अन्तर्गत नै धेरै प्रविष्‍टिहरू गरिएका छन्। यसदेखि बाहेक अनुकरणात्मक, नामयोगी, निपात, विष्मयादिवोधक, सङ्ख्यावाचक कोटिकार, संयोजक, सहायक क्रियाहरू पनि सङ्कलन गरिएको छ। जस्तै:- धौहला (१) वि. हन्तकाली। ि (१) क्रि.वि. नजिकै।

नेपाली भाषाका यी शब्दवर्गहरूका संक्षिप्‍त रूपलाई नेपाल प्रज्ञा-प्रतिष्‍ठानद्वारा प्रकाशित ‘नेपाली वृहत् शब्दकोश’ अनुसार लिपिवद्ध गरिएको छ। यस शब्दकोशमा प्रयोग भएका शब्दवर्गहरू र तिनको अङ्ग्रेजी प्रयोग निम्‍न अनुसार प्रस्तुत गरिएको छ।

नेपाली   English
संक्षिप्‍त पूर्ण रूप Abbr. words
अनु. अनुकरणात्मक ono. onomatopoeia
क्रि. क्रिया v. verb
क्रि.वि. क्रिया विशेषण adv. adverb
तु. तुलना comp. comparative
ना. नाम n. noun
नि. निपात prt. particle
प. पर्यायवाची syn. synonym
पर. परसर्ग suf. suffix
ना.यो. नामयोगी post. postposition
वि. विशेषण adj. adjective
वि.वो. विस्मयादिवोधक excl. exclamation
स.क्रि. सहायक क्रिया aux. v. auxiliary verb
सं.को. सङ्ख्यावाचक कोटिकार n. cl. numeral classifier
संयो. संयोजक con. connective
सङ् सङ्ख्या num. numeral
सर्व. सर्वनाम pro. pronoun

 

६.     नेपाली अर्थ (Meaning in Nepali)

(क) हरेक मूल प्रविष्‍टिमा मध्य-पूर्वीय थारू शब्दसँगै नेपाली शब्दवर्ग (छड्के अक्षरमा) र त्यसपछि नेपाली अर्थलाई राखिएको छ।

जस्तै:- टवा (१ २ ३ ४) . लुटेरा। सरियात(१ २ ३ ४) . बेहुलीसित जाने मानिसहरू।

(ख) हरेक मध्य-पूर्वीय थारू शब्दको नेपाली अर्थलाई सकेसम्म छोटो र स्पष्‍ट रूपमा दिन कोशिश गरिएको छ। आवश्यक परेका केही शब्दहरूका हकमा चाहिँ विस्तृत अर्थ (वा परिभाषा) दिइएको छ।

जस्तै:- लोइया (३ ४) . रोटी बेल्नुभन्दा अगाडि पानी र पिठो मुछेर तयार पारिएको गिलो वस्तु।

(ग)  एक-अर्कासँग सम्वद्ध वा उही अर्थ बुझाउने तर फरक शब्दहरूलाई एउटै प्रविष्‍टिमा राखी ती अर्थहरूलाई अर्धविराम (;) चिन्हले छुट्‍याइएको छ।

जस्तै:- लौर (४) . महिनावारी; रजस्वला; मासिक धर्म।

(घ)  सङ्ख्यावाचक शब्दहरूलाई स्रोत भाषाको मौलिक उच्‍चारण अनुसार प्रविष्टि गरी नेपाली भाषामा व्याख्या (अक्षरमा) गरिएको छ।

जस्तै:- सत्‍र (१ २) / त्‍तरह (३) / सतरे (४) सङ्. सत्र। नवम (१ २ ३ ४) सङ्. नवौ।

(ङ)  स्रोत भाषामा कुनै मूल प्रविष्टिको पर्यायवाची भएमा नेपाली अर्थको पछिल्तिर कोष्ठभित्र प. सँगै मोटो अक्षरमा दिइएको छ।

जस्तै: अठमसुवा (१ २) / अठमासु (३) ना. आठ महिना (. अठमास)

 

७.     केही महत्त्वपूर्ण जानकारी

  • मध्य-पूर्वीय थारू भाषाको यो शब्दकोश यसै भाषाको लेखनशैलीलाई आधार मानेर तयार पारिएको छ।
  • लेखनशैलीको ’boutमा विस्तारमा बुझ्नको लागि ‘मध्य-पूर्वीय थारू भाषाको लेखनशैली’ पुस्तिका हेर्नुहोस्।
  • थप जानकारीका लागि यस शब्दकोशको ‘परिचय खण्ड’ सविस्तारमा हेर्नुहोस्।
  • गैर-थारूभाषी पाठकहरूले शब्दकोशको ‘पछिल्‍लो खण्ड’ को सहायताले थारू शब्द पत्ता लगाउन सक्नुहुनेछ।